२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

ललितपुर–३ का नागरिक समाजले भनेः धन्यवाद अध्यक्ष केपी ओली ज्यु

२९ कार्तिक, काठमाडौं । युवा नेतालाई ललितपुर–३ प्रतिनिधि र प्रदेश सभा सदस्यमा टिकट दिएकोमा ललितपुर –३ का नागरिक समाजले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । आज बिहान ललितपुर–३ भैसेपाटीमा नागरिक समाजले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा अध्यक्ष ओलीलाई धन्यवाद दिएका हुन् ।

चर्चित सञ्चारकर्मी भुषण दाहाल र कार्यक्रम सुरजसिंह ठकुरी लगायत युवाले आयोजना गरेको पदयात्रामा सहभागि सबैले ओलीसंगै हिडेर धन्यवाद दिएका छन् । ललितपुर क्षेत्र नं ३ मा एमाले प्रतिनिधि सभाका उम्मेदवार अमृत खड्का र प्रदेश ३ ९२० प्रेमभक्त महर्जन र प्रेमभक्त महर्जन सहित नागरिक समाज र बुद्धिजीविको पदयात्रामा यो क्षेत्रको अनजुभवी युवा नेता पाएकोमा खुसी व्यक्त गरेका थिए ।

भैँसेपाटी क्षेत्रमा अध्यक्ष ओली सहभागि भएसँगै नागरिक समाजका अगुवा तथा वरिष्ठ पत्रकार भुषण दाहाल र टेलिभिजनकर्मी सुरजसिंह ठकुरीले उनलाई माला तथा खादा लगाएर भब्य स्वागत गरेका थिए । स्वागत पछि ओलीलाई अगुवाहरुले भैँसेपाटी आवास क्षेत्रमा पैदलयात्रा गराएका छन् । उनीसंगै युवाद्धय दाहाल, ठकुरी र स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।

हिड्दै कुरा गर्दै आवासक्षेत्रमा पैदलयात्रा गरेका थिए । त्यस अवसरमा उनले ओलीले यो क्षेत्रमा युवालेतालाई उम्मेदार बनाएकोमा सर्बत्र प्रशंसा भएको सुनाएका थिए । एउटै व्यक्तिले पटक पटक अवसर पाउदा यो क्षेत्रको विकास हुन नसकेको गुनासो भैरहेको बेला अध्यक्ष ओलीले अब देश विकास गर्ने वागडोर युवाको हुनुपर्ने बताए।

उनले भने– अहिलेको समयामा युवाको महत्वपुर्ण भुमिका रहेको छ । ओली भैँसेपाटीमा आएसँगै ललितपुर क्षेत्रमा अतियोग्य तथा अनुभवी व्यक्तिलाई उम्मेदवारको रुपमा खडा गरिदिएको भन्दै सडक वारपारका मानिसले स्वागत गरी फोटो खिच्ने तथा यहाँका उम्मेदवारलाई आफूहरुले विजय गराउने वचनवद्धता व्यक्त गरेका थिए ।

बिहान भैँसेपाटीमा ओर्लेलगत्तै युवा संचचारकर्मी दहाल र ठकुरी ले स्वागत गरेका थिए । शुरुमा नागरिक समाज मात्र पैदलयात्रामा सहभागि थिए । पछि निर्वाचनको सम्पर्क कार्यालय पुगेपछि एमाले ललितपुरका इन्चार्ज एवं पोलिटब्युरो सदस्य शुशिला नेपाल, केन्द्रीय सदस्य एवं सहइन्चार्ज हरिकृष्ण ब्यञ्जनकार , केन्द्रिय सदस्य वावुराम थापा, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य वागमती प्रदेश सदस्य दामोदर थापा, जीवन खड्का, केशव आचार्य, प्रदेश कमिटीका सदस्य बाबुकाजी प्रधान, लगायत सयौ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

आवासमा अध्यक्ष ओली पुग्दा सयौको उपस्थिती थियो । सो कार्यक्रममा उपस्थित मानिसले केपी बा आइ लभ यु, केपी बा आइ लभ यु जस्ता नारा लगाइरहेका थिए । उक्त कार्यक्रममा अध्यक्ष ओलीले सो क्षेत्र प्रदेश तथा प्रतिनिधि सभाका उम्मेदवारलाई विजयको शुभकामना दिएका छन् ।

नागरिक अगुवा केशव आचार्यले एमाले पार्टीले प्रतिनिधि सभाका लागि अमृत खड्का जस्ता उद्यमशील र भिजन भएका व्यक्तित्वलाई उम्मेदवार खडा गरेकामा आफूहरु खुशी भएर ओलीलाई धन्यवाद ज्ञापन गरेको सुनाए । ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभाका उम्मेदवार खड्काले आफू विगतमा गाविस अध्यक्ष रहँदा गरेको भैँसेपाटी क्षेत्रको कालोपत्र २५ वर्ष सम्म उस्तै रहेको बताउँदै अब ललितपुरले गफ मात्र गर्ने नभइ यस्तै दिगो विकास गर्ने सक्ने भिजन भएका उम्मेदवारको खोजी गरेको भनाइ राखे ।

उनले भने, “सामान्यतया प्राबिधिक इञ्जिनीयरहरुले पनि जतिसुकै बलियो भए पनि कालोपत्र बढीमा ६ देखि ७ वर्ष भन्दा धेरै टिक्दैन भन्ने गर्थे तर हामीले गरेको कालोपत्र सांसरकै आश्चर्यजनक उद्धाहरुण बन्न सफल भएको छ ।”

सो क्षेत्र ३९२० प्रदेश सभाका उम्मेदवार प्रेमभक्त महर्जनले आउँदो मंसिर ४ गतेपछि मुलुकमा एमालेको सरकार आउने ठोकुवा गरे ।
प्रदेश कमिटीका सदस्य बाबुकाजी प्रधान, ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोतम आचार्य तथा नागरिक समाजका अगुवाहरु सहित एमालेका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : November 15, 2022 at 1:28 pm