१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुवाकोटमा एक महिला र बालिकाको हत्या, हत्यामा संलग्न छिमेकी पुस्कल तामाङ फरार

२८ कार्तिक, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको छिमेकी पुस्कल तामाङले हत्या गरेको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर (प्रेम) तामाङले जानकारी दिए । हत्यापछि तामाङ फरार रहेको उनले बताए ।

अध्यक्ष तामाङका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पु¥याएर उनीहरुको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव आज साँझ ७ बजे भेटिएको हो ।

प्रहरी चौकी समुन्द्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार घटनामा अपराध भएको पाइएकाले सोही अनुसार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

राष्ट्रिय युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटाले हत्यारालाई तत्काल प्रकाउ गरी कारबाही गर्न माग गरेका छन । उनले नुवाकोट हुँदै काठमाडौ छिर्ने गुर्जे भञ्ज्याङ् नाका, पाटिभन्ज्याङ नाकामा छिटोभन्दा छिटोभन्दा जानकारी गराइ हत्यारालाई समात्न अपिल गरेका छन ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार २२:५९