४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालकाे पराजय


२८ कार्तिक, काठमाडाैं । युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पराजय व्यहोरेको छ । सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको हो । युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि अर्जुन साउदले ५१ रनको अर्धशतकीय इनिङ खेले भने दीपेन्द्र सिंह ऐरीले ५४ रनको इनिङ खेले । त्यस्तै नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए । कुशल भुर्तेल ६,सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट भए ।

 

गुलशन झा १९ रनमा अविजित रहे भने ललित राजवंशीले अविजित ६ रन बनाए । युएईका आयन अफ्जल खानले ४ विकेट लिए । त्यस्तै बसिल हामिदले २ तथा जाहोर खान,रोहन मुस्तफा र अहमेद राजाले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो ।

युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए । नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । यस जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । अब युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १६:३६