लिम्चुङ्गबुङ्गका मेजरकुमार राई एमालेमा प्रवेश
२८ कार्तिक, उदयपुर । उदयपुरको लिम्चुङ्गबुङ्ग गाउँपालिकाका मेजरकुमार राई नेकपा एमालेमा प्रवेश गरेका छन् । केहि दिनअघि नेकपा एमालेले निर्वाचनलाई लक्षित गरेर आयोजना गरेको पालिका स्तरीय कार्यक्रममा राई एमालेमा प्रवेश गरेका हुन् । लामो समयदेखि जनता समाजवादी पार्टीमा आवद्द रहेर पार्टीका गतिविधिलाई अघि बढाउँदै आएका राई सत्तारुढ गठबन्धनसँग पार्टी जोडिएपछि असन्तुष्टि थिए ।
राईलाई एमालेका प्रदेश कमिटी उपसचिब शैलेश लामा, सचिवालय सदस्य तथा उदयपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उमेदवार अम्बरबहादुर रायमाझी, पुर्वमन्त्री कला घले, प्रदेश कमिटी सदस्यद्धय डा. भेषराज थापा, प्रदेश ‘क’ का उमेदवार देवराज राई, पार्टी अध्यक्ष परमेश्वर घिमिरे, उपसचिब टेकबहादुर राउत लगायतका जिल्ला कमिटीका नेताहरुले अविर लगाएर स्वागत गरेका थिए ।
उनीसँगै जनता समाजवादी पार्टीका अन्य ८ जना नेतासमेत एमालेमा प्रवेश गरेको एमाले नेता राजकुमार राईले बताए । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा लिम्चुङ्गबुङ्ग गाउँपालिकाको वडानं ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ ।
सोही कार्यक्रममा २५ बर्षदेखि पार्टीको विभिन्न जिम्वेवारी सम्हाल्दै आएका नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य वखतराम किराँती र विगत १७ बर्षदेखि पार्टीमा आवद्द रही विभिन्न जिम्वेवारी सम्हालिसकेका होम किराँतीसहित २ सय ६ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा नेकपा माओबादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको उनले बताए ।
माओबादी पार्टी भित्र मौलाउँदै गएको चरमगुटबन्दी, असमानता, विभेद्पूर्ण व्यवहार, नाताबाद कृपाबादबाट वाक्क भएर पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नु परेको उनीहरुले बताएका छन् । नेता राईका अनुसार किराँती पार्टीका विभिन्न जनवर्गिय संगठनका १ सय ५० जना नेता, ५६ जना संगठित सदस्य गरी २ सय ६ जना प्रवेश गरेका हुन् ।
त्यसैगरी नेपाली काँग्रेस लिम्चुङ्गबुङ्ग गाउँपालिका वडानं २ का सचिव कमान चाम्लिङ्ग राईको नेतृत्वमा १५ जना र स्थानीय तहको निर्वाचनमा वडामा जसपाका उमेदवार बनेका बाबुराम राईको नेतृत्वमा ९ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको उनले बताए ।
प्रकाशित मिति : 13:34









