२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

राजेन्द्र राईले मुख्यमन्त्रीको प्रचार गरेपछि कांग्रेस रुष्ट

२८ कार्तिक, भोजपुर । निर्वाचनको नजिकिँदै गर्दा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले अब चुनावपछि आफू फेरी मुख्यमन्त्री हुने र बजेट गाउँगाउँमा ल्याउने भन्दै झुटो आश्वासन बाड्न थालेपछि कांग्रेसीहरु असन्तुष्ट बनेका छन् । थोरै सिट भएर पनि प्रदेश १ को मुख्यमन्त्री पड्काए भन्दै संसदमा भाषण गर्ने राईले फेरी मुख्यमन्त्रीमा आफ्नो प्रचार गरेपछि कांग्रेसीहरु रुष्ट बनेका हुन् ।

यसपटक प्रदेशमा गठबन्धनको सरकार नबन्ने अवस्था छ । यदी बनिहाले पनि कुनैपनि हालतमा कांग्रेसले पाउने अवस्था रहने कांग्रेसका एक जना केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यका अनुसार गठबन्धनबाट ११ वटा प्रत्यक्ष सिट प्रदेशमा पाएको नेकपा एकीकृत समाजवादीलाई तीन सिट जित्न पनि मुस्किल छ । ‘यस्तो अवस्था मुख्यमन्त्रीको दावी गर्नु सान्दर्भिक छैन् । अब गठबन्धनको सरकारमा एसलाई कुनै पनि हालतमा प्रदेशमा अगाडी नबढाउने उनीहरुको चाहना छ’, ती नेताले भने ।

कांग्रेसमा शेरबहादुर देउवाको छत्रछायाँमा अमृत अर्याल, डा. शेखर कोइरालाको साथमा राजीव कोइराला लगायत भीम पराजुली र केदार कार्कीसम्म मुख्यमन्त्रीको प्रचार गरिरहेका छन् । यो पटक कांग्रेस नै अघि हो, अब बजेट दिन्छु, मुख्यमन्त्री हुन्छु भन्दै अनावश्यक प्रचार नगर्नु राम्रो हुने कांग्रेसका कार्यकर्ताहरुको भनाइ छ ।

अहिले राजेन्द्र राईले भोजपुरको प्रदेश ‘क’ मा बजेट दिन्छु भन्दै मान्छेलाई झुक्याइरहेको र मुख्यमन्त्री हुन्छु भनेर भन्दै भोजपुरका सुजन राईले बताए । नेपाली कांग्रेसका नेता अमृत अर्यालले अबको मुख्यमन्त्री आफू हुने भन्दै प्रचार गरिरहेका छन् । प्रदेश १ का ५६ सिटमध्ये कांग्रेसले २६, माओवादीले १९, नेकपा एसले ११ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : 13:30