१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

सन नेपाल लाइफले सार्वजनिक गर्याे नयाँ बोनसदर, बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने

२८ कार्तिक, काठमाडाैं । सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक भएको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हाे । कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

कम्पनीको सनलाइफ सावधिक जीवन बीमा लेख, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक), बाल समृद्ध जीवन बीमालेख (बालवालिकाको सावधिक जीवन बीमा) र नवीन आजीवन बीमालेख (सावधिक तथा आजीवन) मा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन ।

सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) मा ३६ रुपैयाँ, सिमिति अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) मा २० रुपैयाँ देखि ३० रुपैयाँ सम्म बोनस पाउनेछन् ।

यस्तै धनञ्जय बार्षिक अग्रिम भुक्तानी जीवन बीमामा बीमिले बीमा अवधि अनुसार न्युनत २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनस पाउनेछन् । कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १३:०४