२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

गौरीशंकर गाउँपालिकामा नेपाली कांग्रेसको सिङ्गो कमिटि नै एमालेमा प्रवेश

२८ कार्तिक, काठमाडाैं । दोलखा जिल्लामा गठबन्धन गरेका दलहरुवीचमा असन्तुष्टी झांगिदै गएको छ । यसै क्रममा गठबन्धनमा आफूहरुको अवमुल्यन गरिएको भन्दै गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ खारेमा नेपाली कांग्रेसको सिङ्गो कमिटि नै नेकपा (एमाले) मा प्रवेश गरेको छ । वडा सभापति टिका गुरुङको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता सोमबार एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेले खारेमा आयोजना गरेको चुनावी कार्यक्रममा कांग्रेस पार्टीप्रति असन्तुष्ट जनाउँदै कांग्रेस नेताहरु कृष्ण बहादुर तामाङ, वडा सदस्यको उम्मेदवार तक्त बहादुर तामाङ, पुराना कांग्रेस नेता बाबु काजी गुरुङ, मिन बहादुर तामाङ, तरुण दलका वडा सभापति विकास गुरुङ, तरुण दलको वडा सदस्य वितेस पाख्रीन, पदम मगर लगायतका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसले गरेको अन्याय र अत्याचार कै कारण एमालेमा प्रवेश गरेको उनिहरुले बताएका छन् । नवप्रवेशीहरूलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी, नेकपा एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरुङ लगायतले खादा माला लगाएर स्वागत गरेका थिए ।

गौरीशंकर गाउँपालिकामा गठबन्धनमा निरन्तर पहिरो गइरहेको छ । यसअघि पालिकाको ७ नं साविक मार्वु गाविसको सिंगो गाउँ कमिटी एमालेमा प्रवेश भइसकेको छ । यसका कारण एमाले उम्मेद्वारहरु भारी मतको अन्तरमा विजयी हुने निश्चित भएको छ ।

प्रकाशित मिति : November 14, 2022 at 10:02 am