२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

यस पटकको निर्वाचनले देशको भविष्यको फैसला गर्छः अध्यक्ष ओली

२७ कार्तिक, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको पार्टी भएको बताएका छन् ।

आइतबार दैलेखमा आयोजित चूनावी सभामा ओलीले गठबन्धनमा रहेका दलहरुले राष्ट्रका लागि एउटा पनि राम्रा काम गर्न नसकेको भन्दै देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको एमालेले सयौं राम्रा काम गरेको बताएका हुन् । सेर बहादुर देउवा पटक पटक प्रधानमन्त्री भएपनि लोकतन्त्र दरवारमा बुझाउने लगाएतका प्रतिगमनका काममात्रै गरेको उनले बताए ।

त्यस्तै उनले अदालतबाट सेटिङ र जालझेल गरेर आफुलाई सरकारबाट हटाइएको तर्क गरे । ओलीले वर्तमान सरकारले बजेट बनाउनेदेखि सवै काममा सेटिङ गर्दै राज्यलाई लुट्ने काम गरेको धारणा राखे ।

एमाले सरकारले सुरु गरेको बिभिन्न राजमार्ग लगाएतका अन्य बिकास निर्माणका कामलाई अहिलेको सरकारले अलपत्र पारेको उनको आरोप छ ।

अध्यक्ष ओलीले यस पटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भन्दै फुटेका हाडीको गठबन्धनलाई नभए एमालेलाई निर्वाचित गर्नुपर्ने बताए ।

प्रकाशित मिति : November 13, 2022 at 4:50 pm