२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

मजदुरका समस्या समाधान एमालेले मात्रै गर्छः शिवाकोटी

२७ कार्तिक, काठमाडाैं । नेकपा एमाले दोलखाका नेता तथा प्रतिनिधि सभा सदस्य उम्मदेवार बालकृष्ण शिवाकोटीले एमाले पार्टीले मात्रै मजदुरका समस्या समाधान गर्ने बताएका छन् । आइतबार बिहान जिफन्ट दोलखाले आयोजना गरेको परिचयात्मक कार्यक्रममा शिवाकोटीले प्रतिनिधि सभा सदस्यमा आफू निर्वाचित भएपछि हरेक मजदुर वर्गले महसुस गर्ने गरी काम गर्ने बताए ।

उनले श्रमिकको हकहितका लागि कुनै कसर बाँकी नराख्ने र मजदुरलाई न्याय दिलाउन आफु प्रतिबद्ध भएर लागी पर्ने बताए । कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रदेशसभा १ का उम्मेदवार नर बहादुर श्रेष्ठले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् ।

श्रेष्ठले मजदुरका समस्या समाधान गर्न आफु गम्भीर रहेको बताएका हुन् । उनले मंसिर ४ गतेको निर्वाचनमा आफुहरुको जित पक्क भएकोले मजदुरहरुको हित हुने गरी ऐन कानुन निर्माण गर्ने र सो को कार्यान्वयनका लागि काम गर्ने बताए ।

प्रदेशसभाका उम्मेदवार श्रेष्ठले आफू मजदुर वर्गको मुक्तिका लागि अनवरत संघर्षमा रहेकोले अब आउने निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरी जिताउन आग्रह गरे।

प्रकाशित मिति : November 13, 2022 at 2:15 pm