६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

साउथ अष्ट्रेलियाको स्थानिय निर्वाचनमा पहिलो पटक नेपाली चेली रेनुका लामा बिजयी

२७ कात्तिक, एडिलेड । साउथ अष्ट्रेलियाको म्यारियन काउन्सिलको काउन्सिलर पदमा वरिपरिङगा वार्डबाट नेपाली चेली रेनुका लामा विजयी भएकी छिन् । भर्खरै सम्पन्न मतगणनामा लामाले १२०४ मत सहित बिजयी भएकी हुन् । लामाको मतगणना प्रतिनिधि युवराज पहाडीका अनुसार दुई जना छनौट हुने निर्वाचन प्रणालीमा लामा प्रथम भएकी थिईन । दोस्रो निर्वाचित हुने टेलफर ११६५ मत प्राप्त गरेका छन् । टेलफर २९ बर्ष देखि काउन्सिलर रहेका छन् ।

विजयको औचारिक घोषणा पछि दैनिकी संग कुरा गर्दै लामाले मतदाता सहित सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेकी छन् । उनले निर्वाचनका क्रममा गरेका प्रतिवधताहरु आफुले पुरा गर्ने बताईन् ।

प्रकाशित मिति : November 13, 2022 at 1:07 pm