७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

आज पनि बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


२७ कार्तिक, काठमाडाैं । सातको पहिलो कारोबार दिन आइतबार पिन सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ८०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

अघिल्लाे काराेबारकाे दिन गत शुक्रबार पनि सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १२:०९