१० असार २०८३, बुधबार | Wed Jun 24 2026

उच्च अदालतको ८० न्यायाधीश नियुक्तिमा कांग्रेसको दुबै गुटलार्इ कोटा

३१ भदाै, काठमाडाैँ । न्यायाधीश नियुक्तिमा कस्तोसम्मको खेल हुन्छ भन्ने विषय अाजको नेपाल साप्ताहिकले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको पुस्तकको अंशको रूपमा खुलासा गरेको छ । उच्च अदालतमा ८० न्यायाधीश नियुक्तिको क्रममा २०७३ सालमा भएको भागवण्डा र लफडालाई नेपालले समेटेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पुस्तक ‘न्याय’को अंशलाई नेपाल साप्ताहिकले महत्वपूर्ण स्थान दिएको हो ।

कार्कीले लेखेअनुसार  राजनीतिक दलका नेताहरु आफू निकटका व्यक्तिलाई न्यायाधीश नियुक्ति गरिदिनुपर्‍यो भन्दै सूची बोकेर भेट्न आउँथे । तर उनले भनेकी छन्, हरेक पटक नेताहरुले मलाई सूची बुझाउनुहुन्थ्यो । तर, मैले कसैको सूची बोक्ने काम गरिनँ ।’ नियुक्तको क्रममा न्यायपरिषद सदस्यबीच नै विवाद भएको खुलासा पनि उनले गरेकी छन् ।

पुस्तक अंशमा लेखिएअनुसार रामप्रसाद सिटौलाले असहयोग मात्रै गरेनन् बोल्नै नहुने बचन पनि लगाए । सिटौलासँग न्यायाधीश नियुक्तिको चार प्रकारका सूची थिए । उनीसँग बारका अध्यक्ष शेरबहादुर केसीको, कोइराला कांग्रेसको, शेरबहादुर देउवाको र व्यक्तिगत सूची थियो । त्यसैले उनले आफूलाई २० जना कोटा दिनुपर्ने भन्दथे । उनी भन्थे, यति गरिनँ भने त बारका साथीहरुले मेरो पद नै खोस्छन् । त्यसैले सुशीला कार्कीले पुस्तक अंशमा लेखेकी छन्, ‘त्यो कुरा सुन्दा मलाई उहाँ क्रयविक्रयमा परेको महसुसस भयो ।’ पहिलो महिला प्रधानन्यायाधीश कार्कीका अनुसार २०४७ देखि नै न्यायाधीश नियुक्तिमा सत्तासीन दलको हालीमुहाली रहने गरेको देखिन्छ ।

प्रकाशित मिति : September 16, 2018 at 9:33 am