८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

शुक्रबार पनि १३०० ले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


२५ कार्तिक, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य स्थिर रहेदैँ छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार ११:१५