२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अध्यक्ष ओलीले आज धरानमा सम्बोधन गर्ने

२५ कार्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सुनसरी निर्वाचन क्षेत्र नं. १ को धरानमा कार्यकर्ता भेलालाई सम्वोधन गर्नेछन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसारका क्रममा कात्तिक २२ गतेदेखि झापा निर्वाचन क्षेत्र नं. २, ४ र ५ का विभिन्न चुनावी सभा, भेलालाई सम्बोधन र मतदातासँग भेटघाटमा व्यस्त रहेका अध्यक्ष ओलीले विहान सुनसरीको धरानमा कार्यकर्ता भेलालाई सम्वोधन गर्ने कार्यक्रम छ । सुनसरीको कार्यक्रमपछि अध्यक्ष ओली काठमाडौं फर्कने छन् ।

प्रकाशित मिति : November 11, 2022 at 9:46 am