२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

चुनावपछि पनि गठबन्धनकै सरकारः महासचिव गुरुङ

२४ कात्तिक, लमजुङ । नेकपा (माओवादी केन्द्र)का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।

लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए ।

प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उहाँको भनाइ छ । “प्रदेशदेखि सङ्घसम्मै गठबन्धनकै सरकार कायम रहन्छ । कुनै शङ्का नगरी गठबन्धनलाई सबैले सहयोग गर्नुपर्छ”, उनले भने ।

खानेपानी, सडक, यातयात, रोजगार लगायतका समस्या समाधानका लागि आफू जनतासँगै साथमा रहने बताए। लमजुङका जनता र जिल्लाको विकासका लागि आफू मनाङदेखि आएको बताए ।

प्रकाशित मिति : November 10, 2022 at 7:19 pm