२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

बागलुङका छवटै सिट जित्छौँः शिक्षामन्त्री पौडेल

२४ कात्तिक, बागलुङ्ग। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरे । तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा आज आयोजित चुनावीसभामा बोल्दै उहाँले पाँचदलीय गठबन्धनका उम्मेदवार भारी मतान्तरसहित विजयी हुने जिकिर गरे ।

“गठबन्धनका मतले मात्रै जित हासिल गर्न सकिन्छ, तर त्यतिले मात्रै पुग्दैन, अत्यधिक मतसहित गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ”, मन्त्री पौडेलले भने । उनले संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

उनले मुलुकको आवश्यकताका आधारमा पाँचदलीय गठबन्धन बनेको बताए। चुनाव जितेपछि बन्ने गठबन्धनको सरकारले नै मुलुकलाई विकास, समृद्धि र स्थिरतातिर लैजाने उनको दाबी छ । नेकपा (माओवादी केन्द्र)का सचिव पौडेल बागलुङ-२ बाट प्रनिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनी २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

प्रकाशित मिति : November 10, 2022 at 7:05 pm