एमाले सिध्याउने खेलको अवसान मंसिर ४ गते हुन्छः अध्यक्ष ओली
२४ कार्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउने खेलका रुपमा नेकपा एस बनाईएको उल्लेख गर्दै एमाले सिध्याउने खेलको अवसान मंसिर ४ गते हुने बताए । आज झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले मात्रै एउटा कार्यक्रम लिएर देश बनाउने नीतिका साथ अगाडि बढेको बताए ।
आगामी चुनावपछि फुटेको हाँडीजस्तो चारतिर फर्केका मुुखहरु लिएर अब सरकार नबनाउने बताउँदै ओलीले एमाले एक्लैले बहुमत ल्याएर सरकार बनाउने जिकिर गरे । उनले देशमा गठबन्धन भन्दा पनि बिकास आवश्यक रहेकाे बताए ।
अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि नेकपा बनेको र भुलवश माओवादी र एकीकृत समाजवादीमा लाग्नुभएका त्यसका नेताकार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरे ।

ओलीले देश बनाउने अभियानमा लाग्ने हो भने एमालेमा आउन आग्रह गर्दै अन्य दलहरु नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीमा बसिरहनुपर्ने आवश्यक नरहेकाे जनाए ।
प्रकाशित मिति : 16:53









