चूनाव जित्न गठबन्धनको मात्रै भरोषा गर्नुहुन्नः अध्यक्ष नेपाल
२४ कार्तिक, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले अहिले आक्रोश र बदला पोखिरहेको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले अहिले एकीकृत समाजवादीको सफलता देखेर ओली आत्तिएको र आक्रोशका साथै बदला पोखिरहेको टिप्पणी गरेका हुन् ।
अध्यक्ष नेपालले अहिले चूनाव जित्नका लागि एमालेले पैसाको खोलो भन्दै आम्दानीको स्रोत लुट र भ्रष्टाचार भएको आरोप लगाए । पैसाले मात्रै चूनाव चित्ने एमालेको मूल्याङ्कन गलत भएको र स्थानीय तहको चूनावमा नै एमालेले ठूलो धक्का खाएको उनको भनाई छ । उनले एमालेले अहिले दक्षिणपन्थी र देशलाई बिखण्डन गर्ने संग साँठगाँठ भएको जिकिर गरे ।

अध्यक्ष नेपालले अहिले आफुहरुको गठबन्धन अग्रगमन र संविधानको रक्षाका साथै देशलाई बिकासको बाटोमा अघि बढाउने गठबन्धन भएको बताए । उनले प्रतिगामी र पश्चगामी शक्तिलाई जनतालाई पराजित गर्दै जाने तर्क गरे । चूनाव जित्न गठबन्धनको मात्रै भरोषा गर्न नहुने र आफ्नै शक्ति बढाउनुपर्ने उनको भनाई छ । कार्यक्रमका बिभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रवेश गराएका थिए ।
प्रकाशित मिति : November 10, 2022 at 2:32 pm









