२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजान्छः नेता सिंह

२४ कार्तिक, काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने बताउएका छन् ।

गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा काठमाडौं महानगरपालिका–१० जोगीकुटीस्थित सुवर्ण पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले गठबन्धनको आवश्यकता मुलुकमा रहेको भन्दै गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने बताएका हुन् ।

गणेशमान सिंहले वामपन्थीहरुलाई साथमा लिएर २०४६ सालको जनआन्दोलन सफल बनाएको उनको भनाई छ । नेता सिंहले अहिले गणेशमान सिंहले सुरु गरेको कार्यगत एकता उत्तिकै सान्दर्भिक रहेको बताए ।

गणेशमान सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए । सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छ । राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ ।

प्रकाशित मिति : November 10, 2022 at 2:23 pm