४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बिहीबार कतिमा काराेबार भैरहेको छ सुनचाँदी ?


२४ कार्तिक, काठमाडाैं । नेपाली बजार बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबीसुन ९४ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १०:५९