सानिमा माइ हाइड्रोपावरको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
२४ कार्तिक, काठमाडाैं । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। हाइड्रोपावरले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ४.४२ प्रतिशतले घटेर २३ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष २४ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ६.४३ प्रतिशतले घटेर ३२ करोड १७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३४ करोड ३८ लाख रुपैयाँ विद्युत बिक्रीबापत आम्दानी गरेको थियो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ७.५२ रुपैयाँमा झरेको छ। गत वर्ष ईपीएस ८.६६ रुपैयाँ रहेको थियो। याे अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.५१ गुणा रहेको छ।
प्रकाशित मिति : November 10, 2022 at 10:10 am









