२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अध्यक्ष ओलीले आज शिवगञ्ज र सुरुङ्गाका चुनावी सभालाई सम्बोधन गर्ने

२४ कार्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ४ मा आयोजना गरिएका दुई चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओलीले शिवगञ्ज र सुरुङ्गाका चुनावी सभालाई सम्बोधन गर्नुहुने एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले बताए । झापा निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेबाट एलपी साँवा उम्मेदवार रहेका छन् ।

त्यसैगरी उत्पीडित जातीय मुक्ति समाजको प्रदेश–१ स्तरीय कार्यकर्ता भेलालाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।अध्यक्ष ओली भोलि सुनसरीको निर्वाचन क्षेत्र नं. १ धरानमा कार्यकर्ता भेलालाई सम्बोधन गरी काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : November 10, 2022 at 9:59 am