७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पुरानो लाभांश लिन सेयरधनीलाई युनाइटेड इन्स्योरेन्सको आग्रह

२४ कार्तिक, काठमाडाैं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।कम्पनीले आज एक सूचना प्रकाशित गरी विभिन्न आर्थिक वर्षको नगद लाभांश लिन बाँकी रहेका सेयरधनीलाई आफ्नाे नगद लाभांश बुझिलिन आग्रह गरेको हो।

सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र लाभांश बुझिलिन कम्पनीले आग्रह गरेको छ। लगानीकर्ताले लाभांश लिन कम्पनीको सेयर रजिस्ट्रार नबिल इन्भेटमेन्टको नक्साल कार्यालयमा आवश्यक कागजपत्रसहित सम्पर्क गर्न कम्पनीले अनुराेध गरेको छ।

तोकिएको समयभित्र सेयरधनीहरूले उक्त लाभांश नलिएमा साे रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएकाे छ।

प्रकाशित मिति : November 10, 2022 at 9:39 am