६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

मोरङमा कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन

२३ कार्तिक, विराटनगर । प्रदेश नं. १ का वनमन्त्री एवम् मोरङ क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा निधन भएको हो । निमोनियाबाट पीडित थापाको विराटनगरस्थित नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

आयोगले आजैबाट उम्मेदवार मनोनयन प्रक्रिया अघि बढाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताएका छन्। निर्वाचन हुनु सात दिनअघिसम्म उम्मेदवारको मृत्यु भएमा त्यहाँ निर्वाचन नरोकिँने जनाउँदै उनले आयोगले उम्मेदवार मनोनयनको प्रक्रिया छिट्टै सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति : November 9, 2022 at 12:27 pm