८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

एकै दिन १४००ले बढ्यो सुनको मूल्य, कति पुग्याे तोलाको ?


२३ कार्तिक, काठमाडाैं । चाैंथाे काराेकारकाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकै दिन सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको हाे।

बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ कायम भएको हो। हिजो मंगलबार सुनको मूल्य घटेको थियो। यो दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी काे मूल्य स्थिर रहँदै चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १०:५८