रसुवागढी हाइड्रोपावरको अडिट २ मा पहिरो, २ जनाको मृत्यु, ८ जना घाइते
–झरना नेपाली
३१ भदाै, रसवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरेमा निर्माणाधिन रसुवागढी जलबिद्युत आयोजनाको अडिट २ मा पहिरो जादाँ २ जनाको ज्यान गएको छ । ज्यान जानेमा रुकुमको भुमे गाउँपालिका २ का भिम रोक्का र मकवानपुर हेटौँडा ११ का रमेश कर्पौला रहेका छन । शनिबार बेलुकि ९ बजे आयोजनाको अडिट २ पहिरो जादाँ र्दुइ जनाको ज्यान गएको हो ।
पहिरोमा परि गम्भिर घाईते भएका ३ जनालाई थप उपचारका लागि काठमाण्डौँ लगिएको छ भने १ जनाको उपचार जिल्ला अस्पताल धुन्चेमा उपचार भईरहेको छ । अन्य ४ जनाको भने स्वास्थ्य चौकी टिमुरेमा सामान्य उपचार पश्चात घर फकाईएको प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ३१ भाद्र २०७५, आईतवार ०७:०६