२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

गुल्मीमा गठबन्धनका नेताहरू सहकारी ठगीमा, कोषले निकाल्यो १५ दिने सूचना

२२ कार्तिक, गुल्मी । गुल्मी २ का कोषको पैसा ठगी गर्ने गठबन्धनका नेताहरु बिरुद्ध सार्वजनिक सूचना प्रकाशित भएको छ । मधुबन बचत तथा क्रृण सहकारी संस्थाका मालिका ८ बिरुद्ध सूचना प्रकाशन भएको हो । सो सहकारीका अध्यक्ष मनोज चन्द बेगम, उपाध्यक्ष सुर्य बहादुर बुढा (हाल मालिका ७ वडा सदस्य) सचिव सुर्य बहादुर जिसी (हाल वडा नं ८ वडाध्यक्ष) कोषाध्यक्ष ज्ञान बहादुर बुढा (हाल वडा नं ३ को अध्यक्ष) रहेका छन् ।

उनीहरुले नेतृत्व गरेको सहकारी रकम हिनामिना भएका कारण डुवेको छ । कार्तिक १५ गतेको कान्तिपुर राष्टिय दैनिकमा युवा तथा साना व्यावसायी स्वरोजगार कोषले कर्जा चुक्ता गर्न मधुबन बचत तथा क्रृण सहकारी संस्था बिरुद्ध सूचना प्रकाशन गरेको हो । सूचनामा ०६९ सालमा थोक कर्जा सम्झौता गरेर रकम अहिलेसम्म रकम फिर्ता नगर्ने संस्थाका पदाधिकारीहरुलाई १५ दिनभित्र रकम फिर्ता गर्न कोषले आग्रह गरेको छ ।

साँवा, व्याज र हर्जना नबुझाए तीन पुस्ते सार्वजनिक गरेर कालोसुचीमा राख्ने चेतावनी कोषले दिएको छ । मधुवन सहकारी संस्थाले तत्कालिन चन्द्र बहादुर थापा सांसद भएको बेला युवा स्वरोजगारको नाममा भित्राएको २ करोड भन्दा बढि रकमको हिसाब छैन् । त्यो बाहेक स्थानीयसंग १ देखि ५ हजार उठाएर संकलन गरेको रकमको समेत हिसाव किताव छैन् ।

त्यस्ता व्यक्तिहरुले अहिले जनप्रतिनिधी छन् । भने चुनावी कमाण्डर भएर निर्वाचनमा छन् । सहकारीको पदाधिकारीमै रहेकाहरुले सो रकम दुरुपयोग गरेपछि स्थानीयले लामो समयदेखि बिरोध गरिरहेका छन् । तर, कोषनै सक्रिय नभएको कारण उनीहरु गुमनाम थिए । अहिले कोषले सार्वजनिक सूचनानै प्रकाशन गरेको छ ।

प्रकाशित मिति : 20:25