६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

दोलखाका जलविद्युत आयोजनाहरुमा जिल्लाबासीको अग्राधिकार सुनिश्चित गर्ने एमालेको प्रतिवद्धता

२२ कार्तिक, चरिकोट । नेकपा एमाले दोलखाले जिल्लाबासीको अग्राधिकार सुनिश्चित हुनेगरी जलविद्यूत विकासको नयाँ अवधारणा अघि सारेको छ । दोलखाको पानी दोलखालीकै लगानी भन्ने अवधारणा अघि सार्दै एमालेले शेयर लगानीमा जिल्लाबासीको अग्राधिकार सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको हो ।

सदरमुकाम चरिकोटमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा ७५० मेगावाट क्षमताको तामाकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माणका लागि लगानीको सुनिश्चिततासहित राष्टिय गौरबको आयोजनाको रुपमा अघि बढाउने लक्ष्य राखिएको छ ।

यस्तै प्रतिवद्धता पत्रमा जलविद्युत आयोजनाहरुको प्रसारण लाईनबाट प्रभावित जिल्लाबासीको लागि उचित क्षतिपुर्ति तथा सहुलियत उपलव्ध गराउने उल्लेख छ । जलविद्युत प्रवद्र्धक नीजि कम्पनीहरुले आयोजना निर्माण गर्दा सामाजिक प्रभाव न्युनिकरण अन्तर्गत खर्च गर्नुपर्ने रकमलाई समेत प्रभावकारी परिचालन गराई प्रभावित समुदायका लागि पूर्ण लाभ प्रदान गर्ने प्रतिवद्धता जनाईएको छ ।

प्रकाशित मिति : November 8, 2022 at 7:50 pm