५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

घट्यो सुनकाे मूल्य, कतिमा हुँदै छ काराेबार ?


२२ कार्तिक, काठमाडाैं ।  नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ।  मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाउकाे छ ।

हिजो सोमबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १२:२५