१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राधी विद्युतले १३ लाख बढी कित्ता अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्ने

२२ कार्तिक, काठमाडाैं ।  राधी विद्युत कमपनीले १३ लाख बढी कित्ता अवितरित हकप्रद सेयर कार्तिक २९ गतेबाट बिक्री गर्ने भएको छ। कम्पनीले असाेज ५ गतेदेखि असाेज २५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ५ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे ।

यो लिलामी सेयर खरिदका लागि इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले कार्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम १ सय कित्तादेखि अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँ तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगंज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार ०९:३६