१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

एनसीसी बैंकको २२ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२१ कार्तिक, काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नाे नाममा रहेकाे कुल २२ लाख ३३ हजार २ सय २ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेकाे बैंकले जनाएकाे छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको काठमाडाैँस्थित बागबजार शाखामा निवेदन दिन आग्रह गरेको हो ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा प्रचलित कानून बमोजिम उक्त सेयर बिक्री प्रक्रिया अगाडि बढाइने पनि बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १४:१२