६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

सिद्धार्थ बैंकको ६ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने

२१ कार्तिक, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकका २ जना संस्थापक सेयरधनीहरूले आफ्नाे नाममा रहेकाे ६ लाख ५९ हजार एक सय ७० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेकाे बैंकले जनाएकाे छ ।

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकाे थियाे । तर संथापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै पनि निवेदन नपरेकाेले हुनाले अब उक्त सेयर अन्य इच्छुक व्यक्ति वा संस्थालाई बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएकाे मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडाैँमा निवेदन दिन सकिने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १२:५३