सोमबार ६ लघुवित्तले सार्वजनिक गरे वित्तीय विवरण, कुनकाे नाफा कति घट्यो ?
२१ कार्तिक, काठमाडौं । सोमबार ६ वटा लघुवित्त संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।
वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमा ग्लोबल आइएमई लघुवित्त, समित लघुवित्त, सिभिल लघुवित्त, ग्रामिण विकास लघुवित्त, आँधिखोला लघुवित्त र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था रहेका छन् । यिनीहरूले सार्वजनिक गरेकाे वित्तिय विवरण अनुसार पहिलो त्रैमाससम्ममा आइपुग्दा सबै कम्पनीहरुको नाफा घटेको छ ।
१) एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेड
एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । लघुवित्तले प्रकाशित गरेकाे उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ६ करोड ५७ लाख ९५ हजा रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६८.१८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २० करोड ६७ लाख ७५ हजार खुद नाफा आर्जन गरेको थियो।
२) ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था
ग्लोबल आइएमई लघुवित्तले प्रकाशित गरेकाे विवरण अनुसार समीक्षा अवधिमा संस्थाले २ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.१५ प्रतिशतले कमी हो। अघिल्लो वर्षकाे यही अवधिमा संस्थाले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
३) समीट लघुवित्त वित्तीय संस्था
समिक्षा अवधिमा समीट लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५२.८१ प्रतिशत घटेर १ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत गत आवको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।

४) सिभिल लघुवित्त वित्तीय संस्था
सिभिल लघुवित्तको खुद नाफा गत वर्षको तुलनामा ४९ .४९ प्रतिशतले घटेकाे छ । गत वर्ष यहि अवधिसम्ममा १ करोड ४४ लाखभन्दा बढी रहेको खुद नाफा यस वर्ष ७२ लाख ८३ हजारमा सिमित भएको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ६ लाख ६१ हजार रहेको छ । गत वर्षको तुलनामा कम्पनीको इम्पेरमेन्ट चार्ज १२२ .४९ प्रतिशतले बढ्दा सञ्चालन नाफासँगै खुद नाफा समेत घटेको हो ।
५) ग्रामीण विकास लघुवित्त
समिक्षा अवधिसम्म आइपुग्दा ग्रामीण विकास लघुवित्त १ करोड १८ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा छ । गत वर्षको यही अवधिमा संस्थाले ९ करोड २० लाख ९६ हजार खुद नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ऋणात्मक छ यो अवधिमा कम्पनीको यस्तो मुनाफा १ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १३ करोड ५४ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि २७.२३ प्रतिशतले घटेर २१ करोड ९८ लाख २४ हजार रुपैयाँ पुगेको छ ।
६) आँधिखोला लघुवित्त
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आँधिखोला लघुवित्तको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ७८.७१ प्रतितशले घटेर १९ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा यसले ९३ करोड ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १२:१२












