४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

निर्मला बलात्कार प्रकरणः सीआईबी डिएसपी अंगुर जिसीसहित चार प्रहरी निलम्बनमा

३० भदाै, काठमाडाैँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरवाही गरेर प्रमाण नष्ट गराउने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसीसहित चार प्रहरी निलम्बनमा परेका छन् ।

घटनाको छानविन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रारम्भीक प्रतिवेदन बुझाएपछि समितिको सिफारिसका अाधारमा चार जनालार्इ निलम्बन गरिएको हो ।

प्रतिवेदनका आधारमा डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्न गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

प्रतिवेदनमा बालिकाको हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्जक गर्न नसकेका सुरक्षाकर्मीलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ । बलात्कार प्रकरणमा कञ्चनपुरका एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार २१:२६