विद्यालय भित्रै हत्या प्रयास भयो भन्ने कांग्रेस नेता समेत रहेका शिक्षक मोहन रसालीको यस्तो नाटक
३० भदाै, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ११ मा रहेको पञ्चकन्या उच्च मावि पछिल्लो साता चर्चाको शिखरमा रह्यो । विद्यालयमा कार्यरत नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शिक्षक मोहन रसालीले अाफू माथि हत्या प्रयास भएको र अाफू विद्यालयमा समेत जान सुरक्षाको कारण नसकेको र अाफूलार्इ जतिखेर पनि ज्यान लिन्छु भन्ने धम्की दिएको भन्दै दैनिकीको सम्पर्कमा अाइपुगे ।
उनले अाफूलार्इ विद्यालयका शिक्षक नवराज थापाले हत्याको चेतावनी दिँदै निर्घात कुटपिट गरेको र अन्य शिक्षकले देखेर पनि नदेखे झैँ गरेको भनेर हामीलार्इ बताएका थिए । पछि उनले भदाै २७ गते जिल्ला प्रहरी कार्यालयमा अाफूलार्इ कुटपिट गर्ने शिक्षकले मारेर गाड्ने समेत चेतावनी दिएको भन्दै अाफूलार्इ सुरक्षा र कुटपिट गर्ने शिक्षकलार्इ कारबाहीको माग गर्दै किटानी जाहेरी दिए ।
उनले जाहेरीको व्यहोरा र अाफूले जाेहरी दर्ता गराउँदै गरेको फोटो समेत दैनिकीलार्इ उपलब्ध गराए । जुन हामीले नुवाकोटको पञ्चकन्या माविमा विकृतिविरूद्ध बोल्दा कुटार्इ खाएका शिक्षक प्रहरीको शरणमा भन्ने शीर्षकमा समाचार समेत प्रकाशित गरेका छाैँ । अाज उनैले एउटा विज्ञप्ति निकाल्दै अाफूलार्इ कुटपिट नभएको र बाहिर अाएका सबै भ्रम भएको बताएका छन । यसअघि हिजैमात्र प्रहरी लिएर पञ्चकन्या उच्च मावि पुगेका उनले दैनिकीलार्इ सम्पर्क गरी अाफू प्रहरी लिएको स्कुल गएको तर प्रधानाध्यापक लगायत भागेपछि अाफू प्रहरीसँग सदरमुकाम विदुर गएको जानकारी गराएका थिए ।
दैनिकीसँग अाफ्नो ९८५११२५७८८ नम्बरको मोबाइलबाट अाफूलार्इ योजनावद्ध रूपमा कुटपिट गरेको बताउँदै मोहन रसाली
रसालीको अात्मसमर्पण
रसाली शिक्षकमात्र नभएर बलियो राजनीतिक पृष्ठभूमिका शिक्षक रहेछन । उनी प्यूठानबाट नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका व्यक्ति हुन । नुवाकोटकै तारूका विद्यालयमा काम गर्दा उनी नैतिकहिन काम गरेपछि गाउँलेको लखेटाइमा परेकाे पछिल्लो खोजबाट पुष्टि भएको छ । बेलकोटगढी नगरपालिको पञ्चकन्या उच्च माविमा समेत उनले तारूकाकै जस्तो घटना दोहोर्याएपछि उनी केही महिना अघि कारबाहीमा परिसेको विद्यालय स्रोतले बतायो । शिक्षकहरूले एक पटकलार्इ माफी दिउँ भनेर उनलार्इ काम गर्न दिएको थियो तर उनको चारित्रमा सुधार अाएन ।
गत शुक्रबार विद्यलयको शिक्षक बैठकमा समेत उनले त्यस्तै व्यहार देखाएपछि शिक्षक थापाले हात हालेकाे बुझिएको छ । तर पछि उनले त्यही बसेर अाफैँले गरेक अनेकन क्रियाकलापको पर्दाफास हुने भैसकेपछि प्रहरीसम्म पुगेका रसालीले विज्ञप्ति निकालेर सबै भ्रम भएको भन्दै अात्मसमर्पण गरेका छन । विद्यालय जस्तो शिक्षा लिने पवित्र मन्दिरमा राजनीतिक अाडमा यस्ता चरित्रहिनी र फोहोरी खेल खेल्ने व्यक्तिहरूले नैतिक रूपमा बस्नु सुहाउँदैन विद्यालय व्यवस्थापन समितिका एक सदस्यले भने । उनका अनुसार रसालीलार्इ विद्यालयबाट विदा गर्ने तयारी भएको छ ।
गुपचुप मिलाउनुको रहस्य के ?
मोहन रसालीले कुटइ खाए भन्नेमा दुर्इ मत रहेन । एक कान दुर्इ कान हुँदै विद्यालयसँग सम्बन्धित सबैले जानकारी पाइसकेका छन । भलै कतिपएले विद्यालय भित्रै नकुटेको भए हुन्थ्यो भन्नेदेखि कतिपयले कुटेर ठीक गरेछन भन्ने हिसाबमा प्रतिक्रिया दिएका छन । असुरक्षित महशुष गरेर अझ काटेर गाड्छु भनेर भन्यो भन्दै प्रहरीमा पुगेका रसाइलीलार्इ प्रहरी अाइतबार दुवै पक्षलार्इ बोलाएकोमा त्यसअघि नै यु टर्न गराउनुले अनेक प्रश्न उब्जाएको छ । गत वर्ष जिल्ला शिक्षा कार्यालयबाट विज्ञान सामग्री किन्नका लागि १ लाख ५० हजार अाएको तर ५० हजारको मात्र सामान किनिर पुरै पैसाको बिल बनाएको दाबी रसालीले गरेका थिए । उनले फर्जी बिल बनाएर पैसा खाएपछि अाफूले पनि कमिसन पाउनु पर्ने बताएका थिए । उनकै भनाइ सही मान्ने हो भने त्यसपछि उनको विद्यलय प्रशासनसँग सम्बन्ध विस्तारै चिसिदैँ गएको थियो । हरेक वर्ष निर्माण हुने शैचालयको कुरादेखि अन्य विषयहरू समेत पेचिलो ढंगले उठेपछि रसालीको विषय गुपचुप समाधान गरिएको विद्यालय व्यवस्थापन समितिका एक सदस्य बताउँछन । उनलार्इ केही महिनाको थप तलब दिने सहमतिमा राजिनामा समेत गराइएको छ ।
यो पनि पढ्नुहोस्
–नुवाकोटको पञ्चकन्या माविमा विकृतिविरूद्ध बोल्दा कुटार्इ खाएका शिक्षक प्रहरीको शरणमा
प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार २१:४१