११ कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026

एनआईसी एसिया लघुवित्तको नाफा र ईपीएस दुबै घट्यो, अन्य सूचक कस्ता ?

२१ कार्तिक, काठमाडाैं । एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । लघुवित्तले प्रकाशित गरेकाे वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफासँगै ईपिएसमा पनि पहिराे गएकाे छ ।

लघुवित्तले प्रकाशित गरेकाे उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ६ करोड ५७ लाख ९५ हजा रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६८.१८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २० करोड ६७ लाख ७५ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा संस्थाको सञ्चालन मुनाफा पनि ६८.१७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षकाे यही अवधिमा संस्थाले २९ करोड ५२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ९ करोड ३९ लाख रुपैयाँ पुगेकाे छ।

त्यसैगरी, समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३१.०९ प्रतिशतले घटेर २९ करोड २ लाख ५७ हजार रुपैयाँ पुगेको छ । चुक्तापुँजी १ अर्ब ७३ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार ३५.३५ प्रतिशतले घटेर ६४ करोड ५६ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा ९९ करोड ८५ लाख रुपैयाँ थियो।

संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६६ करोड ८१ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएसं) ३१.०३ रुपैयाँले घटेर १५ रुपैयाँ १३ पैसामा झरेको छ । पीई रेसियो ४६.३६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५८.७९ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : November 7, 2022 at 9:56 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/