५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

ग्लोबल आईएमई लघुवित्तको नाफा ५८ प्रतिशतले घट्यो, ईपीएस कति घट्यो?

२१ कार्तिक, काठमाडाैं । ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । लघुवित्तले प्रकाशित गरेकाे वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा गिरावट आएको छ ।

लघुवित्तले प्रकाशित गरेकाे उक्त विवरण अनुसार समीक्षा अवधिमा संस्थाले २ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.१५ प्रतिशतले कमी हो। अघिल्लो वर्षकाे यही अवधिमा संस्थाले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा संस्थाको सञ्चालन मुनाफा पनि ५८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९ करोड १२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ३ करोड ८३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १३.८३ प्रतिशतले घटेर १३ करोड ६८ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा ५४ करोड ८२ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएसं) ३९.७६ रुपैयाँले घटेर १९ रुपैयाँ ३६ पैसा पुगेकाे छ । याे अवधिमा कम्पनीकाे प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २२ पैसा रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ०९:३७