बालुवा तस्करसँग घुस खाने ९ प्रहरी एकै पटक रंगेहात पक्राउ, पद अनुसार घुसको रेट
३० भदाै, काठमाडाैँ । बालुवा तस्करीको सेटिङ मिलाउन प्रति प्रहरी पाँच हजारदेखि ४५ हजारसम्म घुस खुवाउने गरेको खुलासा भएको छ । अख्तियार दुरूपयोग अनुस्न्धान अायोगको टोलीले काठमाडाैँको कोटेश्वरबाट ९ जना प्रहरीलार्इ बालुवा तस्करसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो । अायोगका प्रवक्ता रामेश्वर दंगालले उनीहरूलार्इ कोटेश्वरबाट पक्राउ गरिएको बताए ।
अायोगका अनुसार असई सुवास ढुंगाना र प्रहरी हवल्दार दीपक भारतीलाई ४५ हजार, असइ गोपाल श्रेष्ठले ३० हजार, प्रहरी हवल्दार उमेश यादव, अमन चौधरी, प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पटेलले ५ –५ हजार रुपैयाँ लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार १९:३१