५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

एभरेस्ट बैंककाे लाभांश घोषणा, बोनस कति ?

२० कार्तिक, काठमाडाैं ।  एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घाेषणा गरेकाे छ । बैंक सञ्चालक समितिको कार्तिक १८ गते शुक्रबार साँझ बसेको बैठकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद गरि कुल २०.६८ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरूलाई बितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १०:४१