५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

२२ कराेड ६६ लाख मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

१८ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले २२ कराेड ६६ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।  बैंककाे विभिन्न कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७९ साल मंसिर २ गतेदेखि २०८० साल मंसिर २ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको बैंकले सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १८ कराेड १४ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ३९ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा एक कराेड १३ लाख रुपैयाँ गरी कूल २२ कराेड ६६ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले कार्तिक २१ गते राती १२ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १७:१४