२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

ग्लोबल आइएमई लघुवित्तकाे ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

१८ कार्तिक, काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । संस्थाका संस्थापक सेयरधनी ऋषिराज गौतमले आफ्नाे नाममा रहेकाे ६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर  बिक्री गर्न लागेकाे  कम्पनीले जनाएकाे छ ।

लघुवित्त कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले उक्त संथापक सेयर खरिद गर्न चाहाने इच्छुक संथापक सेयरधनीहरूले सुचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी कम्पनीकाे केन्द्रिय कार्यालय,पोखरा–२६ विजयपुर, कास्कीमा निवेदन दिन आग्रह गरिएकाे छ ।

ताेकिएकाे समय अवधिभित्र विद्यमान संथापक सेयरधनीहरूबाट सेयर खरिदकाे लागि कुनै पनि आवेदन नआएमा प्रचलित कानुन बमाेजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने पनि कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : November 4, 2022 at 1:03 pm