७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

नेपाल बैंक र दराजबीच छुट प्रदान गर्ने सम्झौता

१८ कार्तिक, काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराजकेयमुबीच बैंकमाखाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं बार्षिकोत्सको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौताभएको छ ।

यो योजना कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ । कार्तिक १७ गते नेपाल बैंककाे कार्यालयमा भएको उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख श्री अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख श्री अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बैंक खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ । नेपालभर २२१ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हालग्राहक सेवामाव्यापक सुधार गरी आधुनिक बैंकिङ्गप्रविधि मार्फत बैकिङ्ग सेवा सुविधाप्रदानगर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । कार्तिक ३० गते आउदै गरेको आफ्नो ८६ औं बार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै भब्य रुपमा मनाउने क्रममा डिजिटल बैंकिङ् सेवाहरुमा आकर्षक छुटका योजनाहरु ल्याएको हो ।

प्रकाशित मिति : November 4, 2022 at 11:43 am