गाेरखाकाे घट्टेखोलामा आएको बाढीले ६ घर बगायो
३० भदाै, गोरखा । गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको र लगातारको वर्षाले बढेको खोला थुनिएर बाढी बस्तीमा पसेपछि नागचेतमा व्यापार व्यवसाय गर्दै आएका मानिसको घर बगायो हाे ।
तीन दिनदेखि लगातार पानी परेपछी गएकाे पहिरोले स्थानीय रनबहादुर गुरुङ, मैया गुरुङ, काली गुरुङ, बहादुर गुरुङ, कुमारी गुरुङ र सुरमान गुरुङको घर बगाएको हाे । पहिरोले घर बगाएपछि पीडितलाई नजिकैको सुरक्षित स्थानमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले घट्टेखोलालाई पहिरोले छेकेर बस्तीमा खोला पसेको जनाएको छ । बस्तीमा खोला पसेपछि पाँच घरमा क्षति पुगेको जानकारी आएको भन्दै अन्य १० घरपरिवारलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार ०९:१६