२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

श्रमिकको न्यूनतम ज्याला २५ हजार पुर्‍याउने एमालेकाे घाेषणा

१५ कात्तिक, काठमाडाैं । नेकपा (एमाले)ले श्रमिकहरूको न्यूनतम ज्याला २५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । काठमाडौंको याक एण्ड यति होटलमा मंगलबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने भन्दै श्रमिकलाई न्यूनतम ज्याला पुर्‍याउने उल्लेख गरिएको छ ।

घोषणापत्रमा ‘औपचारिक क्षेत्रका सवै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने‚ ‘स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने, श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याइने उल्लेख गरिएकाे छ । चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धतासमेत एमालेले व्यक्त गरेको छ ।

प्रकाशित मिति : 16:16