२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमालेकाे घाेषणापत्रः नेपालीलाई मात्रै नागरिकता दिइने

१५ कात्तिक, काठमाडाैं । नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनेपछि नेपालीलाई मात्रै नागरिकता दिने नीति लिने बताएको छ । मंगलवार काठमाडौंमा एमालेको चुनावी घोषणा पत्र जारी गर्दै नेपालीलाई मात्रै नागरिकता दिने प्रतिबद्धता व्यक्त गरेको हो ।

सरकारको बनेको शुरुवाती समयमा वंशजको आधारमा नागरिकता दिने र ६ महिनाभित्र नागरिकतासँग सम्बन्धित सबै समस्या समाधान गर्ने प्रतिबद्धता घोषणा पत्रमा उल्लेख गरिएको छ । एक वर्षभित्रमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने प्रतिबद्धता एमालेको घोषणा पत्रमा छ ।

प्रकाशित मिति : November 1, 2022 at 3:30 pm