४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

सर्वोच्चको आदेश विपरित प्रकाण्ड फेरि पक्राउ

२९ भदौ, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा फेरि पक्राउ परेका छन् । शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका क्रममा सर्वोच्च अदालतमा ल्याइएका उनलाई अदालतबाट बाहिर निस्कने क्रममा प्रहरीले पुनः पक्राउ गरेको हो ।


काठमाडौंको दक्षिणकालीबाट गत असारमा चन्दा उठाएको आरोपमा पक्राउ परेका प्रकाण्ड पटक पटक बन्दी प्रत्यक्षीकरण रिटमार्फत छुटे पनि प्रहरीले अर्को अभियोगमा अनुसन्धान गर्ने भन्दै पक्राउ गर्दै आएको छ । सर्वोच्चले शुक्रबारमात्रै प्रकाण्डलाई पटक पटक पक्राउ गरेको भन्दै अवहेलनमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार १९:४३