१५ कम्पनीले घोषणा गर्याे लाभांश, कुनकाे कति ?
१५ कार्तिक, काठमाडौं । याे वर्षका लागि लाभांश सिजन सुरु भएसँगै अहिले धेरै कम्पनीहरूले धमाधम सेयरधनीहरूलाई दिने लाभांश घोषणा गर्न थालेका छन् । अहिले कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरणा गर्ने लाभांश घोषणा गरिरहेका छन् ।
हालसम्म म्युचुअल फण्ड बाहेकका १५ वटा कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरणा गर्ने लाभांश घोषणा गर्ने कम्पनीहरू निम्न रहेका छन्ः
१) ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले लाभांस घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांस घोषणा गरेको हो ।
बैंकले आफ्ना सेयरधनीहरूका लागि १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांस (बोनस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) गरि नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभांस सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
२) सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक ४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीहरूलाई बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
३) बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ । बैंकको असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट सेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
४) कुमारी बैंक
कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैंकले कात्तिक २१ गते साधारण सभा बोलाएको छ ।
५) एनसीसी बैंक
एनसीसी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो ।
६) सिटिजन्स बैंक
सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । बैंकको गत शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । बैंकको हालको चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
७) नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको संचालक समितिको कार्तिक ४ गते बसेकाे बैठकले बैंकको चौथो वार्षिक साधारणसभा बाेलाएकाे हाे । उक्त सभा मंसिर १० गते अनुपम फुडल्यान्ड काठमाडाैंमा बिहान ९ बजेदेखि सुरू हुने छ ।
सभाले गत आर्थिक वर्षको प्रस्तावित चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) पारित गर्नेछ।
८) स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।
आज बसेको बैंककाे संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले बाेनस सेयर भने प्रस्ताव गरेकाे छैन ।
९) सोल्टी होटेल
सोल्टी होटेलले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । होटेलले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २१.३१७८९४७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
१०) रुरु जलविद्युत परियोजना
रुरु जलविद्युत परियोजनाले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
११) अरुण काबेली
अरूण काबेली पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
१३) सानिमा माई हाइड्रोपावर
सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५.२६३२ नगद लाभांश वितरण गर्ने भएको छ ।
१४) नेपाल ल्यूब आयाल
नेपाल ल्यूब आयालले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कुल ३० प्रतिशत लाभांश दिने भएको छ ।
१५) बोटलर्स नेपाल बालाजु
बोटलर्स नेपाल बालाजुले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत र बोटलर्स नेपाल तराईले भने ६० प्रतिशत नगद लाभांश मात्रै दिने भएका छन् । कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर भने नदिने भएका हुन् ।
प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १३:२३












