निफ्राले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?
१५ कार्तिक, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज कार्तिक १५ गते मंगलबारदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम १०.१५ प्रतिशतदेखि अधिकतम ११.५० प्रतिशतसम्म ब्याज दिनेछ । पाँच बर्षसम्मको व्यक्तिगत बचतमा १०.१५ प्रतिशत र संस्थागत बचतमा ११.५० प्रतिशतसम्म ब्याज दिने बैंककले सार्वजनिक गरेकाे विवरणमा उल्लेख छ ।
त्यस्तै बैंकले विभिन्न कर्जाका लागि अधिकतम १५ प्रतिशतदेखि न्यूनततम १२.५० प्रतिशतसम्म ब्याजदर सार्वजनिक गरेकाे छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १२:३७












