कास्कीमा माओवादी केन्द्रका नेता कार्यकर्ता एमाले प्रवेश
१४ कात्तिक, पोखरा । कास्कीमा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सना, पूर्व जिल्ला कमिटी सदस्य चुणामणी विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सनालगायत दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटब्युरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापालगायत नेताहरूले उनीहरूलाई स्वागत गरेका थिए । यस्तै हिमालय क्लब पोखरा १६ का अध्यक्ष मोहन थापा र सोही क्लबका संस्थापक अध्यक्ष तीर्थ तामाङ एमाले प्रवेश गरे ।
प्रकाशित मिति : October 31, 2022 at 8:12 pm









