नेकपा एसका तनहुँ सचिव श्रेष्ठले गरे आफ्नाे उम्मेदवारी निष्क्रिय, एमालेलाई समर्थन गर्ने
१४ कात्तिक, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका तनहुँ सचिव दुर्गाकुमार श्रेष्ठले आफ्नाे उम्मेदवारी निष्क्रिय पारेका छन् । श्रेष्ठले जिल्लामा गठबन्धनको भागबन्डा गर्दा पार्टीले एक सीट पनि नपाएपछि असन्तुष्टि जनाउँदै एमालेलाई समर्थन गरेकाे घाेषणा समेत गरेका छन् ।
तनहुँ २ (१) मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् ।
उनले प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा १ मा एमालेकै श्यामराज महतलाई जिताउन आह्वान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको बताएका छन् । गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलन लथालिङ्ग पारेको आरोप लगाउँदै उनले एमालेलाई समर्थन गरेको बताएका छन् ।
प्रकाशित मिति : 18:04









